अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१८ | Colorodo: 03:33

नीजि क्षेत्रको लगानी बढाउनेगरि बजेट आउनुपर्छ : डा. शर्मा

बिआरटीनेपाल २०७५ जेठ ३ गते १९:३६ मा प्रकाशित

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् अर्थविद् डा. शङ्कर शर्माले विकास निर्माणका कामलाई बजेट कम भएको गुनासो पोखेका छन् । उनले भने,‘विकास सम्बन्धित कामलाई बजेट कम भयो, पुँजीगत खर्चको सबै रकम खर्च हुन सकेन्।’

बजेट बनाउँदा प्राथमिकताहरू छुट्याउनुपर्ने उनको सुझाव छ । नेपालमा पछिल्लो समय वित्तीय अनुशासन कमजोर रहेकोले आगामी दिनमा यसप्रति सरकारले ध्यान दिनुपर्नेमा शर्माको जोड थियो । उनले अल्पविकसित मुलुकबाट विकासशिल मुलुकमा पुग्नको लागि नेपाले तीव्र आर्थिक वृद्धि हासिल गर्नुपर्ने बताउँदै त्यसको लागि सरकारले उत्पादनमुखी कार्यक्रमहरूमा जोड दिनुपर्ने बताए ।

त्यस्तै उनले नेपालमा एडिबी र विश्व बैङ्कको सहयोग बढिरहेकोले नेपालले प्रोजेक्ट बैङ्कको तयारी गर्नुपर्ने बताए । निजी क्षेत्रको लगानी बढाउनेगरि बजेट आउनुपर्ने सुझाव थियो ।

उनले लुम्बिनी, पोखराजस्ता ठाउँमा पर्यटनको विकास गर्न कम्तीमा पनि प्रत्येक ठाउँमा दुई दुईवटा पूर्वाधार विकास गर्नुपर्ने बताए । त्यस्तै उनले तयारी अवस्थामा रहेका कार्यक्रमहरुलई अघि बढाउनुपर्ने पनि सुझाव थिए । बजेट कार्यान्वयनको लागि योजना बनाउनुपर्ने पनि उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू