अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१७ | Colorodo: 04:32

नेपाललाई जलविद्युतमा आत्मनिर्भर बनाएरै छाड्ने पुनको प्रतिबद्धता

बिआरटीनेपाल २०७५ जेठ ३ गते १९:३३ मा प्रकाशित

ऊर्जा मन्त्री बर्षमान पुनले भारतबाट ल्याइएको विद्युत् हटाउने तयारी भइरहेको बताउनुभएको छ ।

नेपाललाई जलविद्युतमा आत्मनिर्भर बनाएरै छाड्ने ठोकुवा गर्दै ऊर्जा मन्त्री बर्षमान पुनले भारतबाट आयात गरिएको विद्युत् रोक्ने तयारीमा सरकार जुटेको बताउनु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको जलविद्युत विषयक अन्तरक्रियामा उहाँले भारतबाट ल्याएको विद्युत् हटाउने बताउनुभएको हो ।

भारतबाट ल्याएको ४ सय ५० उहाँले मेगावाट विद्युत्ले मुलुकलाई थप दायित्व थपेको भन्दै त्यसलाई कटौती गर्ने सरकारको योजना रहेको जानकारी दिनुभयो । सरकारले मुलुकबाट पहिलो र दोस्रो लोडसेडिङको अन्त्य गरेकोले अब तेस्रो लोडसेडिङ हटाउने चुनौती थपिएको बताउनुभयो ।

मुलुकमा आगामी ५ वर्षभित्र ३ हजार मेगावाट विद्युत् उत्पादन गरी भारतसँगको परनिर्भरतालाई हटाउने सरकारले योजना बनाएको मन्त्री पुनको भनाई थियो । कार्यक्रममा महासङ्घका अध्यक्ष भवानी राणालेउद्योगमा रहेको लोडसेडिङ हटाएको भन्दै सरकारको कदमप्रति निजी क्षेत्र खुसी रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू