अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२५ | Colorodo: 02:40

मण्डेला शताब्दी कप बार्सिलाेनाकाे पाेल्टामा

बिआरटीनेपाल २०७५ जेठ ३ गते १९:२५ मा प्रकाशित

मण्डेला शताब्दी कप फुटबलको उपाधि बार्सिलोनाकाे पाेल्टामा परेकाे छ । दक्षिण अफ्रिकामा सम्पन्न खेलमा स्पेनिस च्याम्पियन बार्सिलोनाले दक्षिण अफ्रिकी च्याम्पियन मामेलोडी सनडाउन्सलाई ३–१ ले हराउँदै उपाधि अाफ्नाे पाेल्टामा पार्न सफल भएको हाे ।

दक्षिण अफ्रिकाको जोहन्सबर्गमा भएको खेलमा बार्सिलोनाको जितमा लुइस स्वारेजले ठूलाे याेगदान गरे । पहिलो गोल गर्दै उनले टिमलाई सुरुवाती टिमलार्इ अग्रता दिलाए । त्यस्तै, उसमान डेम्बेले र आन्द्रे गोमेजले पनि एकएक गोल गरे ।  उनीहरूकाे गाेलसँगै बार्सिलोना विजयी भयो ।

मालेलोडी सनडाउन्सका लागि सिबुसिसो विलाकाजीले एक गोल फर्काए । खेलेका अन्त्यतिर मेस्सी पनि मैदानमा छिरेका थिए ।

विश्वप्रसिद्ध अफ्रिकी राजनेता नेलशन मण्डेलको जन्म भएको १०० वर्ष पुगेको अवसरमा दक्षिण अफ्रिकामा विशेष सेलिब्रेशन चलिरहेको छ । त्यही अन्तर्गत यो मैत्रीपूर्ण खेलेका अायाेजना गरिएको थियाे । दक्षिण अफ्रिकाकै प्रथम ‘अश्वेत’ राष्ट्रपति मण्डेलाको सन् २०१३ को डिसेम्बरमा ९५ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू