अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३२ | Colorodo: 17:47

डिआईजी सरुवाको तयारी, प्रदेशमा नयाँलाई पठाइने सम्भावना

बिआरटीनेपाल २०७५ जेठ ३ गते १९:१४ मा प्रकाशित

काठमाडौं । गृह मन्त्रालयको सिफारिसमा बढुवा भएका एसएसपीहरुले शुक्रबार डिआईजीको फूली लगाउने भएका छन् । गृह स्रोतका अनुसार उनीहरु मध्येबाट रिक्त रहेका प्रदेशको प्रहरी प्रमुखमा खटाउने गृहको तयारी छ । एआईजीले अवकाश पाएपछि कतिपय प्रदेशमा एसएसपीले कमान्ड सम्हाल्दै आएका छन् । याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।

गृह मन्त्रालयले प्रहरीलाई संघिय संरचनामा लैजाने गरी संघीय प्रहरी ऐनको मस्यौदा अघि बढाइसकेको छ । जसको आधारमा प्रदेश प्रहरी प्रमुखमा डिआईजीलाई खटाउने पक्का पक्की जस्तै छ । एआईजीलाई खटाउन प्रोटोकल नमिल्ने भएकाले प्रदेशमा अब डिआईजीलाई खटाउन लागिएको हो ।

गृह मन्त्रालयमा एआईजी कति जना राख्ने भन्ने बारेमा समेत छलफल भइरहेको छ । तर, एआईजीमा बढुवा भने केहि समय लम्बिने देखिएको छ । प्रदेशमा बढुवा भएका नयाँ डिआईजीलाई पठाउनका लागि गृहकार्य शुरु भइसकेको छ । जसअनुसार केदार रिजाल, शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, दिपककुमार थापा, नारायणसिंह खड्का, रबिन्द्रप्रसाद शर्मा, कमलबहादुर जिटी, महेन्द्रकुमार पोखरेल र महेशबिक्रम शाहमध्येबाट सातवटै प्रदेशमा पठाउने सरकारको तयारी छ । गृहले महानगरीय प्रहरी कार्यालयमा डिआईजीलाई प्रमुख बनाउने पनि तयारी गरेको छ ।

यि मध्येबाट रिजाललाई महानगरीय प्रहरी कार्यालयको प्रमुख, थापालाई दुई नम्बर प्रदेश, अधिकारीलाई एक नम्बर र सिआईवीमा बस्नेतलाई पठाइने स्रोतले बतायो । एआईजी बढुवा लम्बिले भएका कारण आईजीपी सर्वेन्द्र खनालका व्याजी डिआईजीहरुमध्येहरुबाट पनि केही प्रदेश प्रहरीको प्रमुखमा पठाउने तयारी छ ।

गृहले लागूऔषध नियन्त्रण व्यूरो, महानगरीय ट्राफिक प्रहरी महाशाखा र अपराध अनुसन्धान विभागमा पनि नयाँ डिआईजीमध्येबाटै प्रमुख बनाउने संभावना छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू