अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१४ | Colorodo: 01:29

एसियाकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी

बिआरटीनेपाल २०७५ जेठ ३ गते १८:५८ मा प्रकाशित

काठमाडौं – एमाले र माओवादी केन्द्रबीच एकीकरणसँगै  लामो समयदेखिको एकीकृत कम्युनिष्ट पार्टी गठन प्रयासले मूर्त रुप लिएको छ ।

एकतासँगै स्थापित नेपाल कम्युनिष्ट पार्टी एसियामै तेस्रो ठूलो कम्युनिष्ट दल बनेको छ ।

एसियामा चीन भियतनामपछि नेपाल कम्युनिष्ट पार्टी तेस्रो दल बनेको छ । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा समाचार छ ।

यी तिनै देशमा कम्युनिष्ट पार्टी सत्तामा छ । चीन र भियतनाममा सशस्त्र विद्रोहबाट सत्तामा पुगेका कम्युनिष्ट पार्टीले एक दलीय शासन गर्दै आएका छन् ।

नेपालमा भने लोकतान्त्रिक प्रतिस्पर्धाबाट कम्युनिष्ट सत्तामा पुगेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू