अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५९ | Colorodo: 05:14

शेयर बजारमा झिनो अंकको सुधार

बिआरटीनेपाल २०७५ जेठ ३ गते १०:१७ मा प्रकाशित

लगातार ओरालो लाग्दै आएको शेयर बजार विहिबार भने १.६४ बिन्दुले उकालो लाग्यो ।  विहिबार बजार १.६४ बिन्दुले उकालो लागेर एक हजार ३३९.६५ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार विहिबार ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.२३ बिन्दुले बढेर २८२.३० बिन्दुमा पुगेको छ ।

विहिबार कूल १५४ कम्पनीको पाँच लाख ७९ हजार ४१ कित्ता शेयर रु २८ करोड ५४ लाख ५५ हजार १४१ मूल्यमा खरिद बिक्री भएका थिए ।

विहिबार पाँच उपसमूहको शेयरको मूल्य ओरालो लाग्दा पाँच उपसमूहको शेयरमात्रै उकालो लागेको थियो । बैंकिङ २.२, होटल २.९, विकास बैंक २.७१, जलविद्युत् ४.७९, बीमा उपसमूह २८.७२ बिन्दुले उकालो लागेको छ । यस्तै व्यापार ४.९८, फाइनान्स ०.२९, उत्पादन १५.९६, अन्य २.४७ र माइक्रोफाइनान्स ४.०२ बिन्दुले ओरालो लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू