अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२१ | Colorodo: 07:36

एकता नेपाल राष्ट्र तथा नेपाली जनताको इच्छा र आवश्यकता : प्रचण्ड

बिआरटीनेपाल २०७५ जेठ ३ गते ९:५८ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकता प्रक्रिया नेपाल राष्ट्र तथा नेपाली जनताको इच्छा र आवश्यकता सम्बोधन गर्ने सकारात्मक प्रयास भएको बताउनुभएको छ ।

नेकपाको एकता घोषणा समारोहका बारेमा जानकारी दिन आयोजना गरिएको विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले एकता प्रक्रिया देश र जनताको आर्थिक समृद्धि तथा विकासका लागि गरिएको सचेत पहल हो भन्नुभयो ।

अध्यक्ष दाहालले पार्टी एकताका लागि जनतासँग गरेको सङ्कल्प र प्रतिबद्धता पूरा भएको बताउँदै अब नेपाली जनतालाई सुखी बनाउनु, देशलाई सुखी र समृद्ध बनाउनु तथा सामाजिक न्यायसहितको आर्थिक समृद्धिबाट देशलाई अगाडि बढाउनु रहेको धारणा व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले इतिहासमा धेरै कम्युनिस्ट पार्टीले सङ्घर्षमा त्याग र बलिदान गरेको, क्रान्ति गरेको, पार्टी सरकारमा गएपछि भ्रष्ट, नैतिकहीन भएको स्मरण गर्दै नेपाली जनतालाई धोका नदिने, आदर्शबाट विचलित नभई, एक्काइसौँ शताब्दीको भावना र चाहनालाई बुझ्न सक्ने पार्टी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अध्यक्ष दाहालले आगामी दिन चुनौतीपूर्ण रहेको बताउँदै नेपाली जनताको चाहनालाई नै आत्मसात् गरेर अगाडि बढिने स्पष्ट पार्नुभयो । आफूले विगतदेखि नै क्रमभंग र गुणात्मक काम गर्दै आएको उल्लेख गर्दै उहाँले एकता प्रक्रिया महान् छलाङको अर्को रूप हो भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू