अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४८ | Colorodo: 17:03

नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा रहने

बिआरटीनेपाल २०७५ जेठ ३ गते ९:५१ मा प्रकाशित

नवगठित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय  धूम्रबाराहीमा रहने भएको छ ।  पार्टीका जनसङ्गठन र जनसम्पर्कका कामहरू भने पेरिसडाँडा रहने नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताउनुभयो । धूम्रबाराहीमा पहिले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान रहेको स्थानमा तत्कालीन नेकपा(एमाले) को अस्थायी र पेरिसडाँडामा नेकपा(माओवादी केन्द्र)को केन्द्रीय कार्यालय थिए ।

शुक्रवार विघटित पार्टीका सूचनापाटीहरु झिकिने बताइएको छ । निर्वाचन आयोगमा आज दर्ता भएको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र दर्ता नं पाँच हजार ६६६ रहेको कार्यालय सचिव श्रेष्ठले जानकारी दिनुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू