अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०४ | Colorodo: 12:19

काँग्रेसले विषयगत समितिमार्फत धारणा व्यक्त गर्ने

बिआरटीनेपाल २०७५ जेठ २ गते २०:०१ मा प्रकाशित

काठमाडौँ । नेपाली काँग्रेसले नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा विषयगत समिति गठन गरी पार्टीको ठोस धारणा व्यक्त गर्ने भएको छ ।

काँग्रेस संसदीय दलको आज बसेको बैठकले सरकारद्वारा चालु संसद अधिवेशनमा प्रस्तुत गरिने बजेट र नीतिका सम्बन्धमा विषयगत समितिमार्फत छलफल गर्ने निर्णय गरेको हो ।

बैठकले राष्ट्रियसभा र प्रतिनिधिसभा कार्य सञ्चालन नियमावलीलाई संसदमा भएका दलहरुको सहमतिका आधारमा पारित गर्नुपर्ने निष्कर्ष निकालेको मुख्य सचेतक बालकृष्ण खाँणले राससलाई जानकारी दिनुभयो ।

पार्टी सभापति एवं दलका नेता शेरबहादुर देउवाले बैठकमा काँग्रेसको नेतृत्वमा तीन चरणमा निर्वाचन भई संविधान कार्यान्वयन आएको उल्लेख गर्नुभएको थियो । साथै, उहाँले संविधानका मूलभूत लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्दै शान्ति र समृद्धिका लागि सबैलाई मिलाएर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

दलका नेता देउवाले काँग्रेसले राष्ट्रियता, लोकतन्त्र र जनताका राष्ट्रिय जनजीविकाका सवालमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने भएकाले सबै सांसदलाई कडा मेहनत गर्न निर्देशन दिनुभयो ।

छोटो समयमा पूर्ण तयारीका साथ महत्वपूर्ण विषयमा प्रभावकारी धारणा राख्न सभापति देउवाले पार्टीका सांसदहरुलाई सुझाव दिनुभयो । बैठकले दलको कार्यसमितिको निर्वाचन सम्पन्न भएकामा निर्वाचित सदस्यलाई बधाई तथा शुभकामना र निर्वाचन सम्पन्न गराउने निर्वाचन समितिलाई धन्यवाद ज्ञापन ग¥यो ।

बैैठकमा मुख्य सचेतक खाँण, सचेतक पुष्पा भुषाल गौतम, दिलेन्द्रप्रसाद वडू, राधेश्याम अधिकारी, डा मिनेन्द्र रिजाल, गगन कुमार थापा, रामबहादुर विष्ट, सञ्जयकुमार गौतम, प्रमिला राई, भरत कुमार शाह, अतहर कमाल मुसलमान र जीप छिरिङ लामाले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू