अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३० | Colorodo: 23:45

बेलायती सामानको सोरुम उद्घाटन

बिआरटीनेपाल २०७५ जेठ २ गते १०:०५ मा प्रकाशित

बेलायतमा बनेका चर्चित ब्रान्डका सामानको सो रुम काठमाडौँको जमलस्थित विश्व ज्योति मलमा स्थापना गरिएको छ । बेलायती उत्पादनका पारखीलाई लक्षित गरी नेपालमा खुलेको यो पहिलो सोरुम हो । सोरुममा जुत्ता, ब्याग, बेल्ट, बच्चाका सामान उपलब्ध छन् । महिला र पुरुष दुवैले प्रयोग गर्ने सामाग्री सोरुममा राखिएको छ । नेपाल चेम्बर अफ कमर्समा अध्यक्ष राजेशकाजी श्रेष्ठले एक कार्यक्रबीच सो रुमको उद्घाटन गरे । कार्यक्रममा उनले विदेशी ब्रान्डका सामान खरिद गर्न विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न यो सो रुमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

यी सामान बेलायतका विभिन्न सहरमा निर्माण भई सिधै नेपाल आयात गरिने सुप्रिम फेसन इन्टरनेसनल प्रा.लि.का सञ्चालक अनुराधा श्रेष्ठले जानकारी दिइन् । कतिपय नेपालीहरू सामान खरिदकै लागि पनि विदेश जाने गरेका छन् भने कतिपयले चर्चित ब्रान्डका विदेशी सामान मात्र प्रयोग गर्न रुचाउने भएकाले उनीहरूलाई नै लक्षित गरी यो सोरुम सञ्चालन गरिएको हो ।

सन् १८८१ देखि बेलायमा उत्पादन सुरु गरी ख्याति कमाएको एनपीएस कम्पनीका आकर्षक जुत्ता, युल ब्रान्डका जुत्ता र चप्पल, सिपाहीँ एन्ड कम्पनीका इको लक्जरी लेदर बेल्ट, ओवनवेरी ब्रान्डका लेडिज ब्याग, स्टार चाइल्ड ब्रान्डका बच्चाका जुत्ताचल्पललगायत सामान नेपालमा उपलब्ध गराइएको छ ।

नेपाली बजारमा चिनियाँ सामानको प्रभुत्व बढ्दै गएका बेला युरोपेली उत्पादन उपभोक्ताबिच निकै लोकप्रिय हुने सञ्चालकको विश्वास छ । सामानका मूल्य र गुणस्तरबारे उपभोक्ताले कम्पनीको वेबसाइटमार्फत पनि जानकारी प्राप्त गर्न सक्ने जनाइएको छ । युवा व्यवसायीहरूको लगानी रहेको सोरुमा उद्घाटनका अवसरमा १ हप्ताको लागि सामान खरिदमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू