अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१८ | Colorodo: 18:33

सिटीका ग्वार्डिओला वर्षकै उत्कृष्ट प्रशिक्षक

बिआरटीनेपाल २०७५ जेठ २ गते ९:५४ मा प्रकाशित

फुटबल प्रशिक्षक (कोच) पेप ग्वार्डिओला वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । लिग प्रशिक्षक संघले म्यान्चेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई वर्षको उत्कृष्ट प्रशिक्षक घोषित गरेको हो ।ग्वार्डिओलाले अन्य पाँच प्रशिक्षकलाई पछि पार्दै अवार्ड हात पारेका हुन् ।

स्पेनका ग्वार्डिओलाले प्रिमियर लिगमा कीर्तिमानी १०० अंक र १०६ गोल गर्दै सिटीलाई इतिहासकै सबैभन्दा ठूलो सफलता दिलाएका थिए । यससँगै आर्सनललाई हराउँदै सिटीले लिग कपको उपाधि समेत उचालेको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू