अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०० | Colorodo: 01:15

करिश्माकी छोरी र शिव श्रेष्ठका छोराको चलचित्रमा डेव्यु

बिआरटीनेपाल २०७५ जेठ २ गते ९:४८ मा प्रकाशित

चर्चित नायिका एवम् नयाँ शक्ति पार्टीकी केन्द्रिय सदस्य करिश्मा मानन्धरले आफ्नकी छोरीलाई नेपाली चलचित्रमा डेब्यु गराएकी छिन् ।

उनकी छोरी कविता मानन्धरले डेब्यु गरेसँगै अहिले चर्चा तथा परिचर्चा चलिरहेको छ । पूराना नायक शिव श्रेष्ठले आफ्नो छोरालाई करिश्माकी छोरीको पेयरमा नयाँ चलचित्रमार्फत डेव्यु गराउने भएका छन् ।

कविता र शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले ‘एउटा यस्तो प्रेमकहानी’ मार्फत चलचित्रमा डेव्यु गर्न लागेका हुन ।  दिपेश सापकोटाको निर्देशन रहेने उक्त चलचित्रको टिमलाई मंगलबार काठमाडौमा आयोजित एक कार्यक्रममार्फत सार्वजनिक गरिएको हो ।

नयाँ चलचित्रको गत सातादेखी सुटिङ्ग शुरु भइसकेको कार्यक्रममा बताइएको छ । शिव श्रेष्ठको लगानीमा बन्न लागेको ‘एउटा यस्तो प्रेम कहानीमा’ कविता र शक्ति सँगै नायिका प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, शिव श्रेष्ठ स्वयमको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया