अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३५ | Colorodo: 11:50

सेयर बजार ४ अंकले बढ्यो, २२ करोडको कारोबार

बिआरटीनेपाल २०७५ जेठ २ गते ९:१६ मा प्रकाशित

सेयर बजारमा आज झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन ५ अंकले घटेको बजार आज ४.१६ अंकले बढेर १३३८.०१ बिन्दुमा चढेको छ ।

त्यस्तै कारोबार रकममा पनि आज सुधार आएको छ । हिजो १४ करोड रुपैयाँको मात्र सेयर कारोबार भएकोमा आज भने एक सयल ५८ कम्पनीको २२ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । त्यसमा पनि सबैभन्दा धेरै ओमी माइक्रोफाइनान्स वित्तिय संस्थाको सेयर कारोबार भएको छ ।

आज फाइनान्स समूहको परिसूचक २.८४ र उत्पादन तथा प्रशोधन समूहको परिसूचक ६.८७ अंकले घटेपनि बाँकी अन्य सबै समूहको परिसूचक उकालो लागेको छ । सबैभन्दा बढी होटल समूहको परिसूचक ४६.१४ बढेको छ। त्यस्तै माइक्रोफाइनान्स २२.८४, हाइड्रोपावर १३.१३ र व्यापार समूहको परिसूचक ८.८३ अंकले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू