अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५६ | Colorodo: 05:11

सन् २०१८ को पहिलो चार महिनामा हवाई मार्गबाट कुल तीन लाख ८७ हजार पाँच सय ६८ पर्यटक नेपाल भित्रिएका छन्

बिआरटीनेपाल २०७५ जेठ २ गते ९:१३ मा प्रकाशित

सन् २०१८ को पहिलो चार महिनामा (जनवरी देखि अप्रिल) हवाई मार्गबाट कुल तीन लाख ८७ हजार पाँच सय ६८ पर्यटक भित्रिएका छन् । अघिल्लो वर्षको तुलनामा पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले यो वर्ष दश लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा हुने अनुमान गरेको छ । यो अवधिमा सबैभन्दा बढी पर्यटक चीनबाट भित्रिएका छन् । यो अवधिमा ५३ हजार पाँच सय २८ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यस्तै, भारतबाट ५० हजार सात सय ४५ पर्यटक नेपाल आएका छन् ।

बढी पर्यटक आउने पाँच देशहरूमा क्रमशः चीन, भारत, अमेरिका, बेलायत, थाइल्याण्ड रहेका छन् । अमेरिकाबाट २९ हजार पाँच सय ५० पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै, बेलायतबाट २१ हजार नौ सय ५० र थाइल्याण्डबाट २१ हजार चार सय ९५ पर्यटकले यो वर्ष नेपालको भ्रमण गरेका छन् । दक्षिण एसियाली देशहरूबाट पनि पर्यटकको सङ्ख्यामा क्रमशः वृद्धि हुँदै गएको छ । यो अवधिमा श्रीलंकाबाट १८ हजार एक सय ६६ र बङ्गलादेशबाट १० हजार नौ सय ४५ पर्यटक नेपाल आएका छन् । यसै गरी जर्मनीबाट १३ हजार ४ सय ४२ तथा अस्ट्रेलियाबाट १२ हजार छ सय २८ पर्यटक नेपाल आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू