अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३५ | Colorodo: 12:50

आभूषण क्षेत्रको प्रवर्द्धन गर्न सके बढ्दो व्यापार घाटालाई कम गर्न सकिने  

बिआरटीनेपाल २०७५ जेठ २ गते ८:५७ मा प्रकाशित

बिश्वव्यापीरुपमा आभूषणको बजार बढ्दो अवस्थामा रहेको छ। नेपालको कूल निर्यात व्यापारमा समेत आभूषण क्षेत्रको योगदान करिब १५ प्रतिशत रहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले जनाएको छ।स्वदेशी रत्न ,पत्थरको प्रर्वध्दनबाट आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको भनाई छ।

नेपाल सरकारको विश्लेषण अनुसार नेपालमा रहेका विभिन्न खानीहरूमा ६६ प्रकारका रत्न, पत्थर, धातु आदी खनिज द्रव्यहरु रहेका छन्। अर्बौ रुपैयाँको लगानी रहेको आभूषण क्षेत्रले राजश्वमा वार्षिक ८ अर्ब रुपैयाँको योगदान गर्दै आई रहेको छ।

आभूषण क्षेत्रको प्रवर्द्धन गर्न सके बढ्दो व्यापार घाटालाई कम गर्न सकिने  निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापनमा आभूषण क्षेत्रको योगदान : सम्भावना र उपाय विषयक छलफल कार्यक्रममा व्यक्त गरियो। मौलिकता उच्च गुणस्तर र सांस्कृतिक विविधताका कारणले अन्तर्राष्ट्रिय बजारमा नेपाली गहनाहरूको माग उच्च रहेको त्यस अवसरमा बताइयो। 

यसका लागी सुनको आयात एवं बिक्रीलाई सरल र पारदर्शी बनाउनु पर्नेमा सरोकार बालाहरूको जोड थियो। सार्वजनिक निजी साझेदारी अवधारणा अनुरूप खानी उधोगहरु एवं प्रशोधन केन्द्रहरूको स्थापना गर्नु पर्नेमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले जोड दिएको छ। सो कार्यशाला गोष्ठीको उद्घाटन प्रदेश नम्बर १, २ र ७ का मुख्य मन्त्रीहरूले संयुक्त रूपमा गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू