अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:११ | Colorodo: 14:26

मकालु एअरको विमान दुर्घटनामा चालक दलका दुबै सदस्यको मृत्यु

बिआरटीनेपाल २०७५ जेठ २ गते ८:४७ मा प्रकाशित

सुर्खेतको विमानस्थलबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एअरको विमान आज बिहान दुर्घटना हुँदा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ ।

उक्त कार्गो जहाजमा रहेका चालक दलका सदस्यद्वय क्याप्टेन किरण भट्टराई र आदित्य नेपाली दुवै मृत अवस्थामा फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

मकालु एअरको 9N–AJU C208B (Cssana) एकल इन्जिनयुक्त वायुयान सिमिकोट विमानस्थलबाट ७ दशमलव ७ नटिकल माइल दक्षिण–पूर्व खार्पुनाथ गाउँपालिकामा सिमिकोट पास नजिक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।

उक्त विमान सुर्खेत विमानस्थलबाट बिहान ६ः१२ बजे सिमिकोट विमानस्थलका लागि उडेकोमा ६ः२७ मा नेपालगञ्ज टावरसँग अन्तिम सम्पर्क भएपछि सम्पर्कविहीन भई हराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू