अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१९ | Colorodo: 07:34

एकैदिन करिब एक सय आरोही सगरमाथाको शिखरमा

बिआरटीनेपाल २०७५ जेठ २ गते ८:०५ मा प्रकाशित

सगरमाथा आरोहणको आज चौथो दिन एकैपटक करिब एक सयजनाले शिखरको चुचुरोमा पाइला टेकेका छन् । विभिन्न आरोहणदलबाट गएकाले फरक फरक समयमा भए पनि एकैदिन ९४ जनाले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ। आरोहणको तेस्रो दिन मौसम प्रतिकूलताका कारण कुनै पनि आरोहण नभएपनि चौथो दिन बुधवार मौसममा सुधार आएसँगै आरोहण सफल भएको  छ ।

सगरमाथा आरोहण गएको वैशाख ३० गतेदेखि सुरु भएको थियो । पहिलो दिन बाटो निर्माण गर्दै गएका आठजना शेर्पा गाइडले एकैपटक शिखर चुमेका थिए । यस्तै दोस्रो दिन विभिन्न समूहबाट गएका ३९ जना आरोही शिखरमा पुगेका थिए । चौथो दिन  ९४ जनाले सफलआरोहण गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू