अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२९ | Colorodo: 02:44

नवलपरासी सहायता समाज बेल्जियमको चौथो अधिवेशन २० मे मा हुने

बिष्णु सापकोटा, बेल्जियम २०७५ जेठ १ गते २०:२७ मा प्रकाशित

नवलपरासी सहायता समाज बेल्जियमको चौथो अधिवेशन आगामी मे २० तारिख आइतबारका दिन आन्त्रोपेनमा हुने भएको छ ।

बेल्जियमको आन्त्रोपेन सहरमा हुन् गैरहेको चौथो अधिवेशन मार्फत नयाँ नेतृत्व चयन लगायत भावी कार्यहरू समेत तय गरिनुका साथै अधिवेशनलाई भव्य रूपमा सफल बनाउन बेल्जियममा रहेका सम्पूर्ण नवलपरासी एवम् नवलपुर जिल्ला वासीहरूलाई उपस्थितिको लागी अनुरोधसँगै बेल्जियमा रहेका सम्पूर्ण सामाजिक, वैचारिक, धार्मिक, जातीय तथा क्षेत्रीय सङ्घ-संस्था हरूका अध्यक्ष तथा प्रतिनिधिहरूलाई समेत निमन्त्रणा गरिएको समाजका महासचिव हरि सापकोटाले बताएका छन् ।

नेपालमा नवलपरासी तथा नवलपुर जिल्ला घर भई बेल्जियममा बसोबास गर्दै आएका नवलपरासी तथा नवलपुरवासीद्वारा सन् २०११ मा स्थापना गरिएको समाजले बेल्जियमा रहने नवलपरासी वासीलाई आइपर्ने विभिन्न समस्या समाधानमा सहयोग पुर्‍याउने तथा जिल्लाको शिक्षा तथा स्वास्थ्य क्षेत्र अन्तर्गत परोपकारी कार्यमा सहयोग पुर्‍याउने यसको मूल उद्धेश्य रहेको सापकोटाले बताए ।

नवलपरासी सहायता समाज बेल्जियमले आफ्नो स्थापना काल देखि जिल्लामा विभिन्न परोपकारी कार्य गर्दै आएको छ भने जिल्लाको स्वास्थ्य क्षेत्र अन्तर्गत साबिक नवलपरासी हाल नवलपुरको डण्डामा अवस्थित स्वास्थ्य चौकीमा सोलार पावर सहयोग, जिल्लाका बाढीपीडितलाई सहयोग, स्वास्थ्य शिविर सञ्चालन, भूकम्प पीडितलाई सहयोग, विपन्न वर्गका बालबालिका तथा महिलाहरूको स्वास्थ्य उपचारमा सहयोग, जिल्लामा रहेको दुर्गम ठाउका विपन्न परिवारलाई खानेपानी सुविधामा सहयोग जस्ता परोपकारी कार्यहरू गरी सकेको र अन्य सामाजिक कार्यहरू समेत गर्न लागेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू