अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४९ | Colorodo: 08:04

वाह नेपाली राजनेता वाह, पालैपालो सत्तामा नहुँदा राष्ट्रियता अनि सत्ता पाएपछि चुप

भोला लामिछाने, युरोप २०७५ जेठ १ गते ११:३५ मा प्रकाशित

नेपाली काँग्रेस सत्तामा हुँदा एमालेले नाकाबन्दी नाकाबन्दी भन्दैमा बितायो । नेपाली जनतामा बहा राष्ट्रियता भन्ने बनायो राष्ट्रियताको सवालमा काँग्रेसले भारतसँग घुँडा टेक्दै उसैको पछि परेको भन्दै गाली गर्दैमा बितायो । चुनावी माहौल सम्म आइपुग्दा बहा एमाले भन्ने पनि बनायो । त्यो बाहेक केही नहुने रहेछ भन्ने कुरा अहिले एमाले सत्तामा हुँदा प्रमाणित भएर आयो ताकी चुनाव अघि नाकाबन्दी बाहेक केही नभनेको एमाले चुनावपछि सरकार बन्यो अहिले सबै कुरा भनेपनि नाकाबन्दी भन्ने शब्दको उच्चारण सम्म पनि गरेको छैन किनभने अब यो भन्न पालो त नेपाली काँग्रेसको पो रहेछ ।हिजो सत्तामा छँदा भारतीय नाकाबन्दी बारेमा चुपचाप लागेको काँग्रेस आज नाकाबन्दी बारे बोल्दै छ । सबै सत्ताका लागी भारतको चाकडीबाज गर्दा रहेछन् बहा नेपाली राजनेता बहा ।

नेपाली राजनीतिक दलहरूको मुख्य उद्देश्य सत्ता प्राप्ति का लागी मात्रै रहेछ । जब उनीहरू सत्ता प्राप्त गर्छन् तब गफ र घोषणा हरू का चांडँ लगाउँछन् । यसले के स्पष्ट पार्छ भने सत्ता जोगाउने भए भारतलाई गाली नगर्नु, भारतको विरोध नगर्नु, भारतलाई नचिडाउनु ।नत्र आज एमाले प्रतिपक्षमा हुन्थ्यो र नेपाली काँग्रेसको नेतृत्वको सरकारले मोदी भिजीटमा यो सरकारले जे जे गर्‍यो त्यही त्यही गरेको भए एमाले कानका जाली फुट्ने गरी कराउँथ्यो जसरी अहिले नेपाली काँग्रेस कराइरहेको छ । बहा नेपाली राजनेता बहा ।

[लेखक विगत १० वर्ष देखी पत्रकारिता गर्दै आइरहेका छन् र नेपाल पत्रकार महासङ्घ युरोप शाखा सदस्य छन् । ]

सम्बन्धित सामग्रीहरू