अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४९ | Colorodo: 19:04

विश्वकपका लागि ब्राजिलको टोली घोषणा

बिआरटीनेपाल २०७५ जेठ १ गते १०:४४ मा प्रकाशित

अर्को महिनाबाट रुसमा सुरु हुने विश्वकप फुटबल २०१८ का लागि ब्राजिलले २३ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेको छ। प्रशिक्षक टिटेले चोटग्रस्ट स्ट्राइकरसहितको टोली सोमबार साँझ घोषणा गरेका हुन्। फ्रेन्च लिगमा घाइते भएका कारण उनी हाल खुट्टाको शल्यक्रिया गरिरहेका छन्। विश्वकप अघि उनी मैदान फर्कने विश्वास लिइएको छ।

यस्तो छ घोषणा गरिएको ब्राजेलियन टोली:

गोल किपरः एलिसन , एडरसन र  क्यासिओ
डिफेन्डरः डेनिलो, फ्यागनर , मार्सेलो , फिलिपे लुइस , थियागो सिल्भा , मार्किन्योस , मिरान्डा  र पेड्रो जेरोमेल
मिडफिल्डरः क्यासिमिरो  , फर्नान्डीन्हो  , पाउलीन्हो  , फ्रेड  , रेनाटो अगुस्टो  , फिलिपे कौटिन्हो  , विलियन  र डग्लस कोस्टा
स्ट्राइकरः नेमार , टाइसन , ग्याब्रिएल जिसस  र रोबर्टो फिरमिनो

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू