अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३८ | Colorodo: 23:53

अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१९ को नतिजा सार्वजनिक

बिआरटीनेपाल २०७५ जेठ १ गते १०:३० मा प्रकाशित

अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१९ को नतिजा  सार्वजनिक भएको छ। काठमाडाैंस्थित अमेरिकी दूतावासका अनुसार सन् २०१७ को अक्टोबरदेखि नोभेम्बरसम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी चिट्ठाको परिणाम सार्वजनिक भएको हो।

मङ्गलवार राति नेपाली समयअनुसार राति ९:४५ बजेदेखि डिभी चिठ्ठाकाे नतिजा हेर्न सकिनेछ।अमेरिकाको इडिटी समयअनुसार यो नतिजा मङ्गलवार मध्यानपछि सार्वजनिक भएको हो।

इडिभी कार्यक्रमअन्तर्गत फर्म भरेकाहरुको डिभी चिट्ठा नतिजा युएस डिपार्टमेन्ट अफ स्टेटको काउन्सुलर अफेयर्सले सार्वजनिक गरेको हो। यो कार्यक्रम अन्तर्गत अमेरिकाले नेपालसहित विभिन्न मुलुकबाट ५० हजार आप्रवासीलाई कानुनी रूपमा अमेरिका भित्र्याउने गर्दछ। अमेरिका बसाइँ सराइ गर्न नेपालीहरू पनि डिभी कार्यक्रममा सहभागी हुँदै आएका छन्।डिभी भर्नेहरुले सोझै https://www.dvlottery.state.gov मा गएर आफ्नो नतिजा हेर्न सक्नेछन्। 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू