अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२४ | Colorodo: 16:39

निर्माता र हलबीच १७ बुँदे सम्झौता

बिआरटीनेपाल २०७५ जेठ १ गते १०:०९ मा प्रकाशित

काठमाडौँ– सेयर बाँडफाँडको मुद्दा लिएर आन्दोलनमा जाने तयारी गरेको निर्माता सङ्घले अन्तिम समयमा  चलचित्र सङ्घसँग सम्झौता गरेको छ। सोमबार चलचित्र सङ्घसँग १७ बुँदै सम्झौता गर्दै तत्कालका लागि आन्दोलनका कार्यक्रम फिर्ता गर्ने निर्णय गरेको छ । सेयर बाँडफाँडमा हलले आफूमाथि अन्याय गरिरहेको भन्दै निर्माता सङ्घले  जेठ ४ गतेबाट आन्दोलन स्वरूप फिल्म प्रदर्शन रोक्ने चेतावनी दिएको थियो।

२०६० सालमा निर्माता सङ्घ र चलचित्र संघबीच काठमाडौँ उपत्यकामा चलचित्र प्रदर्शनपश्चात् उठेको कुल रकममा भ्याट कट्टा गरी बाँकी रकममा चलचित्र भवनको भौतिक सुविधा,व्यापार, ठाउँ तथा क्षेत्रको आधारमा निर्माता तथा वितरकले ५५ देखि ६० प्रतिशतसम्म र प्रदर्शकले ४० देखि ४५ प्रतिशतसम्मका दरले सेयर लिने सहमति भएको थियो । निर्माता सङ्घले यति बेला भने काठमाडौँ उपत्यकाको ठाउँमा नेपालभर भन्ने शब्द राखी सो सम्झौता अक्षरशः पालन हुनुपर्ने माग गरेको थियो ।

सोमबार भएको सम्झौता अनुसार निर्माताले मल्टिप्लेक्सबाट पहिलो हप्ता ५० प्रतिशत पाउनेछन् भने दोस्रो हप्ता ४५ प्रतिशत । निर्माताले तेस्रो र चौथो हप्तामा भने क्रमशः ४० र ३५ प्रतिशत पाउनेछन् । सिंगल थिएटरका हकमा भने निर्माताले चलेको दिनदेखि नउत्रेको दिनसम्म समान रूपमा ५० प्रतिशत रकम प्राप्त गर्नेछन् । 

फिल्म चल्ने समयमा निर्माताले हलमा बजाएका ट्रेलर र हलमा राखिने ब्यानर, पोस्टर र स्ट्यान्डीको समेत हलवालालाई पैसा तिर्दै आएका थिए । सोमबार भएको सम्झौताले ती चिजमा हलले लिँदै आएको शुल्क खारेज गर्ने निर्णय गरेको छ । जेठ ४ देखि लागू हुने सम्झौतापश्चात् हलले दुई हप्तासम्मका लागि  ती प्रचार सामाग्री राख्ने निःशुल्क राख्न राजी भएका छन् ।

निर्माता सङ्घका अघ्यक्ष एंब नेपाल उधोग वाणिज्य महासङ्घका सदस्य आकाश अधिकारी ले  सम्झौताले निर्माता पहिलेभन्दा लाभान्वित हुने बताए । पहिला कागजमा एउटा थियो तर व्यवहारमा अर्को । यो सम्झौतापछि जे लेखिएको छ त्यही लागू हुन्छ । हामीले यसका लागि कार्यदल बनाएका छौँ, त्यसले निरन्तर सम्झौताको निगरानी गर्नेछ ,’अधिकारीले भने।अधिकारीले हलले ६० सालको सम्झौतालाई बेवास्ता गर्दै निर्मातालाई पहिलो हप्ता ५० प्रतिशत सेयर दिने गरेको भए पनि दोस्रो हप्ता ४२ प्रतिशत , तेस्रो हप्ता ३७ प्रतिशत र त्यसपछिका हप्तामा ३० प्रतिशत दिँदै आएको जानकारी गराए ।‘यही आधारमा हेर्ने हो भने पनि समग्रमा निर्मातालाई १० प्रतिशत फाइदा भएको छ । एकैचोटि सबै कुरा पाइन्छ भन्ने पनि होइन । सम्झौता दुई वर्षका लागि हो । बक्स अफिस लागू भएपछि  धेरै कुरा फरक हुन सक्छ । त्यो समयमा सम्झौता फेरि पुनरावलोकन हुने  निर्माता सङ्घका अघ्यक्ष एंब नेपाल उधोग वाणिज्य महासङ्घका सदस्य आकाश अधिकारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू