अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२२ | Colorodo: 14:37

शेयर बजारमा मंगलबार कारोबार रकममा समेत कमी आएको छ

बिआरटीनेपाल २०७५ जेठ १ गते ९:५० मा प्रकाशित

शेयर बजारमा मंगलबार कारोबार रकम कमी आएको छ । मंगलबार कुल १४३ कम्पनीहरुको ३ लाख १९ हजार २६० कित्ता शेयरको किनबेचबाट १४ करोड ९२ लाख ३९ हजार ९५५ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार शेयर बजारको परिसुचक ४.३२ अंकले घटेको छ । यो गिरावटसंगै नेप्से परिसुचक १३३३.८५ विन्दुमा पुगेको छ ।

नेप्से परिसुचकसंगै मंगलबार कारोबार भएका १० समुहगत परिसुचक मध्ये ८ वटा समुहगत परिसुचकमा गिरावट आएको छ । यता व्यापार समुह ५.४९ अंक र उत्पादन समुह २८.१६ अंकले बढेको छ । मंगलबार वाणिज्य बैंक ४.२८, होटल ३२.९५, विकास बैंक १०.९६, जलविद्युत १३.१४, वित्त १.३३, वीमा १२.७६, अन्य समुह ०.५३ र लघुवित्त ५.६२ अंकले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू