अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५३ | Colorodo: 06:08

भद्रगोलका सबै कलाकारलाई अस्ट्रेलिया पढ्न पठाउने

बिआरटीनेपाल २०७५ जेठ १ गते ९:२७ मा प्रकाशित

भद्रगोलका सबै कलाकारहरूलाई अस्ट्रेलिया पढ्न पठाउने कलाकार अर्जुन घिमिरे पाँडेले बताएका छन् । काठमाण्डौँ न्युरोडमा रहेको बाबा एजुकेशन कन्सल्टेन्सीको ‘ बाबा इन्फो सेसन २०१८ ’ को उद्घाटन कार्यक्रम पछि रमाइलो पारामा प्रस्तुत भएका उनले मिल्ने भए भद्रगोलका खुपीका बा , रक्षा , बले , कक्रोज सबैजनालाई अस्ट्रेलिया पढ्न पठाउने बताए ।  बाबा एजुकेशन कन्सल्टेन्सीका ब्रान्ड एम्बेस्डर समेत रहेका कुमार कट्टेल जिग्री , अर्जुन घिमिरे पाँडे र चर्चित र्यापर निर्णय श्रेष्ठले ‘ बाबा इन्फो सेसन २०१८ ’ को उद्घाटन गरेका थिए । बाबा एजुकेशन कन्सल्टेन्सीले अस्ट्रेलिया अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीहरूलाई कुन कलेजमा पढ्न जाने र कस्तो कलेज छान्ने जस्ता उचित परामर्श दिने उदेश्यले ‘ बाबा इन्फो सेसन २०१८ ’ सञ्चालन गरेको हो । आज सोही कार्यक्रमको उद्घाटन कार्यक्रममा उपस्थित भएका अर्का ब्रान्ड एम्बेस्डर कुमार कट्टेल जिग्रीले विदेश पढ्न जानु अघि सही परामर्श र सही सल्लाह लिनु पर्ने बताउँदै बाबा एजुकेशन कन्सल्टेन्सी उपयुक्त भएको बताए । उनले विदेशमा पढेको ज्ञान र सीप फेरि नेपाल आएर देश विकासमा लगाउन पनि युवाहरूलाई अनुरोध गरे ।

साथमा चर्चित र्यापर निर्णय श्रेष्ठले अब हरेक व्यक्ति साक्षर मात्र नभए उच्च शिक्षा हासिल गर्न हकदार रहेको भन्दै विदेशमा उच्च शिक्षा हासिल गर्न चाहनेले बाबा एजुकेशन कन्सल्टेन्सी उपयुक्त विकल्पको रूपमा रहेको बताए ।

यस इन्फो सेसनमा अस्ट्रेलियाका विभिन्न चर्चित एक दर्जन बढी कलेज तथा युनिभर्सिटीहरूको संलग्न रहेको बाबा एजुकेशन कन्सल्टेन्सीका सिइओ रविन्द्रकुमार शर्माले बताए । अस्ट्रेलियामा रहेका कलेज तथा युनिभर्सिटीहरूले नेपालका विद्यार्थीहरूमाझ प्रत्यक्ष भेट गरेर त्यहाँका बारेमा सत्यतथ्य जानकारी गराउने इन्फो सेसन सञ्चालन गरिएको शर्माको भनाई रहेको छ । अस्ट्रेलियामा प्रधान कार्यालय रहेको बाबा एजुकेशन कन्सल्टेन्सीले न्यूरोडमा रहेको कर्पोरेट कार्यालय पछि यो इन्फो सेसन २०१८ भक्तपुरमा ३ गते र पोखरामा ६ गते गरिने बताइएको छ ।

प्रतिक्रिया