अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:११ | Colorodo: 16:26

सबै धर्मले विश्व शान्ति, मित्रता र सदभाव चाहेको प्रधानमन्त्री ओलीको भनाई

बिआरटीनेपाल २०७५ जेठ १ गते ९:१० मा प्रकाशित

काठमाडौं। जगतगुरु शंकराचार्य निश्चलानन्द सरस्वतीको काठमाडौंमा नागरिक अभिनन्दन गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार काठमाडौंको टुँडिखेलमा आयोजित धार्मिक प्रवचन कार्यक्रममा जगतगुरु निश्चलानन्द सरस्वतीको नागरिक अभिनन्दन गरेका हुन्।

जगत गुरु शंकराचार्यलाई हिन्दु धर्म दर्शनको सबैभन्दा विद्वानको रुपमा लिइन्छ। यसै अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले सबै धर्मले विश्व शान्ति, मित्रता र सदभाव चाहेको स्पष्ट पारे।

उनले ‘सबै मानव सुखी रहून’ भन्ने सबै धर्मको उद्देश्य रहेको बताए। प्रधानमन्त्री ओलीले महाभारतमा अन्यायको नाश गर्न गरिएका प्रयासहरुको वर्णन गर्दै समयक्रममा सबै धर्मले क्रोधमुक्त हुन आह्वान गरेको पनि उल्लेख गरे।

प्रधानमन्त्री ओलीले १० दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आइपुग्नु भएका जगतगुरु शंकराचार्यलाई नेपालमा आएकोमा आभार व्यक्त गरे। जगतगुरु शंकराचार्यद्वारा लिखित धर्मदर्शन पुस्तकमध्ये १ सय ६१ वटा पुस्तक विश्व विख्यात छन्।

उनी सन १९९२ देखि जगतगुरु शंकराचार्य बनेका हुन्। नेपाल बसाईको क्रममा उनले पशुपतिनाथको पूजाआराधनाका अलावा चितवन, हेटौडा र वीरगंजमा पनि आध्यामिक यात्रा गर्ने कार्यक्रम तय गरिएको छ। अघिल्लो वर्ष माघमा जगतगुरु शंकराचार्यले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नै पीठमा बोलाएर हिन्दु सम्राट घोषणा गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू