अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२८ | Colorodo: 00:43

क्यानडाको क्यालगरी शहरमा मदर्स डे सम्पन्न (भिडियो)

राजेन्द्र प्रसाई/कृष्ण भट्ट, क्यानडा २०७५ वैशाख ३१ गते २१:२९ मा प्रकाशित

गत १३ मई अर्थात् वैशाख ३० गते क्यानडाको क्यालगरी सिटी स्थित” नेपाली कम्यूनिटी सोसाइटी अफक्यालगरी”(NCSC) को अफिस हलमा भेला भएका क्यालगरीवासी नेपालीहरूले विभिन्न कार्यक्रमका साथ मदरर्स डे मनाएका छन् NCSCका सभापति ध्रुव राईले पानसमा बत्ती बालीशुरू भएको सो कार्यक्रममा सबैका आमाहरू जहाँ रहेका भए पनि दीर्घायु र खुसी रहून् भन्ने कामनाका साथ उपस्थित आमाहरूलाई आसनमा राखी, मंगलधुन बजाइएर आमाहरूलाई पुष्प गुच्छा, रोटी, फलफुल आदि प्रदान गरेर माता तीर्थ औंसी (आमाको मुख हेर्ने दिन) मनाए झैँ गरी, बाल नृत्य समेत प्रस्तुत गरिएको छ । साथै भागवत भण्डारीबाट आराधना प्रस्तुत गरिएको थियो । 

संस्थाका बोर्ड अफ डाइरेक्टर कल्पना ढकालको व्यवस्थापन तथा श्रद्धा जै़सावलको संयोजनमा आयोजित सो कार्यक्रममा संस्थाका उपसभापति समीर पाण्डेले उपस्थित आमाहरूलाई प्रदान गर्न पुष्प-गुच्छाहरू र शुभकामना कार्डहरू उपलब्ध गराउँनु भएको थियो । NRN Canada का उप सभापति माधव दुलालले केकहरू स्पोन्सर गर्नु भएको थियो ।

भिडियो:

उक्त कार्यक्रममा आमा सम्झेर आमाको अपार माया, सन्तानको कर्तव्य सम्बन्धमा भावविह्वल हुदैं कथा, कविता, भजन र नृत्य प्रस्तुत गरिएका थिए । मन्जु ज्ञवालीले सञ्चालन गरिएको सो कार्यक्रममा नेपाली साहित्य समाज क्यालगरीका संस्थापक अध्यक्ष तथा एनआरएन क्यानाडाका भू पू सल्लाहकार राजेन्द्र प्रसाद प्रसाई, विष्णु सुब्बा, साहित्यकार सुष्मा खनाल, घनेन्द्र न्यौपाने, चन्द्रकला घिमिरे, जानु नेपाल आदि लगायत NCSC का वर्तमान तथा भू पू पदाधिकारी समेतको उपस्थिति थियो । 

आमा संझदै नेपाल छोडेर आउँदाको कारुणिक लेख कल्पना ढकालले प्रस्तुत गर्दा देखि नै रसाएका धेरै आँखाहरू सुष्मा खनाल, जानुका नेपाल, स्पन्दना केसी, चन्द्रकला घमिरे, लक्ष्मी शर्मा, अर्चना कुँइकेल, बि़शिखा ढुङ्गेल आदिबाट प्रस्तुत कविता सम्म आइपुग्दा ओभाना थिएनन् । खाना क्याटरिंग गरिल्याउने माया कुँइकेल, बिना गजुरेल, ज्योति शर्मा, पूजा भुसाल लगायत र अन्य सबै कार्यमा खट्नेहरूमा NCSC उपसभापति समीर पाण्डे तथा आमाहरूले धन्यवाद दिएका थिए । 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू