अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३० | Colorodo: 23:45

भारतीय प्रधानमन्त्रीको भ्रमण उपलब्धिमूलक

बिआरटीनेपाल २०७५ वैशाख ३१ गते १०:१८ मा प्रकाशित

काठमाडौँ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमण उपलब्धिमूलक भएको नेताहरूले बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता पशुपति शम्शेर जबराले यसअघि नेपाल र भारतबिचको सम्बन्धमा केही फाटो आएको भए पनि भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले दुवै देशबिचको सम्बन्धमा सुधार भएको बताउनुभयो ।

नेकपा (एमाले)का सचिव भीमप्रसाद आचार्यले कुनै पनि देशको कार्यकारी प्रमुखले नेपालको भ्रमण गर्नु आफैँमा राम्रो पक्ष हो भन्दै समग्रमा भ्रमण सफल वा असफल भनेर आँकलन गर्ने समय अहिले नभएको धारणा व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसका नेता नारायण खड्काले समग्र रूपमा हेर्दा भारतीय प्रधानान्त्री मोदीको भ्रमण सफल भएको चर्चागर्दै ठुलो समस्याका रूपमा रहेको सीमा विवाद, कालापानी र सुस्ता विषयमा पनि सकारात्मक परिणाम नआए यस पटकको भ्रमणलाई पनि परम्परागत र व्यक्तिगत फाइदाको रूपमा भ्रमणलाई लिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण सफल र फलदायी भएको बताउँदै उहाँको नागरिक अभिनन्दनका क्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति अपरिपक्व नभई वास्तविकता भएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू