अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०७ | Colorodo: 10:22

शेयर बजारमा सोमबार दोहोरो अंकको गिरावट

बिआरटीनेपाल २०७५ वैशाख ३१ गते १०:०६ मा प्रकाशित

नियमित ओरालो लाग्दै आएको शेयर बजार सोमबार पनि १०.२८ अङ्कले घटेर एक हजार ३३८ बिन्दुमा झरेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको हो। वैशाख महिनाभर बजारमा १०० अङ्कको गिरावट भएको छ।

‘क’ वर्गका कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.४१ बिन्दुले घटेर २८२.१८ बिन्दुमा पुगेको हो। आज कूल १६३ कम्पनीको १० लाख सात हजार ७६४ कित्ता शेयर रु ४२ करोड ५१ लाख ९४ हजार २९९ मूल्यमा खरिद बिक्री भएको छ।

तीन उपसमूहको शेयरको मूल्य भने बढेको छ। त्यसमा उत्पादन २५.६१, अन्य ३.६३ र होटेल समूह ८.६६ बिन्दुले बढेका छन्। यस्तै, बैङ्किङ १०.०४, व्यापार २.६२, विकास बैङ्क २६.९१, जलविद्युत् १५.५, फाइनान्स ७.४३, बिमा ६९.९६ र माइक्रोफाइनान्स २२.५९ बिन्दुले ओरालो लागेको छ। 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू