अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४५ | Colorodo: 15:00

पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत चार विधामा मनोनयन सार्वजनिक

बिआरटीनेपाल २०७५ वैशाख ३१ गते ९:५६ मा प्रकाशित

नेपाल खेलकुद पत्रकार मञ्चले बार्षिक रुपमा आयोजना गर्दै आएको एनएफजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७४ अन्तर्गत सोमबार चार विधामा मनोनयन सार्वजनिक गरेको छ ।

पल्सर स्पोर्ट्स अवार्ड २०७४ मा विभिन्न आठ विधामा खेलाडी र खेलकर्मीलाई सम्मान गरिने आयोजकले जानकारी दिएको छ । लाइफटाइम अचिभमेन्ट अवार्ड, पारा एथलेटिक र स्पेशल अवार्डको घोषणा जेठ ३ गते गरिने आयोजकको भनाइ छ ।

सोमबार मञ्चले बर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधामा मनोनयन सार्वजनिक गरेको हो ।

बर्षका उत्कृष्ट खेलाडी पुरुषअन्तर्गत मनोनयनमा पर्नेहरुः 

पारस खड्का, क्रिकेट
दीपेस धामी, ब्याडमिन्टन
सन्दीप लामिछाने, क्रिकेट
इन्द्र बहादुर श्रेष्ठ, जुडो
टंक बहादुर कार्की, गल्फ

उत्कृष्ट खेलाडी महिलाः

बिमला श्रेष्ठ, बक्सिङ
शोभा गौचन, ब्याडमिन्टन
ज्ञानु अवाले, आर्चरी
सावित्रा भण्डारी, फुटबल
नबिता श्रेष्ठ, टेबलटेनिस

उत्कृष्ट खेलाडी युवाः

सन्दीप लामिछाने, क्रिकेट
दिनेश हेम्जन, फुटबल
दीपेन्द्रसिंह ऐरी, क्रिकेट
मनिता श्रेष्ठ, जुडो
पुनम रावल, बक्सिङ

प्रशिक्षकः 

जगत टमाटा, क्रिकेट
विनोद दास, क्रिकेट
छिरिङ लोप्सङ गुरुङ, फुटबल
प्रकाश थापामगर, बक्सिङ
जयन्त कुमार श्रेष्ठ, ब्याडमिन्टन

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू