अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२७ | Colorodo: 01:42

युभेन्टसलाई सिरी ए को उपाधि

बिआरटीनेपाल २०७५ वैशाख ३१ गते ९:४३ मा प्रकाशित

इटालियन फुटबल क्लव युभेन्टसले लगातार सातौं पटक ईटालियन लिग अर्थात सिरी ए को उपाधि जितेको छ ।

गएराती भएको खेलमा एएस रोमासँग गोलरहित बराबरी खेल्दै युभेन्टसले उपाधि पक्का गरेको हो । अंक तालिकामा युभेन्टसलाई पछ्याइरहेको नापोलीले साम्पडोरियालाई २-० ले पराजित गरेपनि युभेन्टसले सिजनमा एक मात्र खेल बाँकी रहँदा ४ अंकको अग्रता लिएको हो ।

३७ खेलबाट शीर्षस्थानमा रहेको युभेन्टसको ९२ तथा दोस्रो स्थानमा रहेको नापोलीको ८८ अंक छ । पछिल्लो पटक सन् २०१०/११ सिजनमा एसी मिलानले लिग जितेयता युभेन्टसले लगातार लिगमा कब्जा जमाउँदै आएको छ । गतहप्ता मात्रै इटालियन कपको उपाधि जितेको युभेन्टसले लगातार चौथो सिजन दोहोरो उपाधि हात पारेको हो ।

प्रतिक्रिया