अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१२ | Colorodo: 13:27

बार्सीलोनाको अपराजित यात्रा तोडियो, लेभान्ते ५-४ ले ले पराजित

बिआरटीनेपाल २०७५ वैशाख ३१ गते ९:४२ मा प्रकाशित

स्पेनिस लिग फुटबलमा बार्सिलोनाको अपराजित यात्रा तोडिएको छ । ला लिगा अन्तर्गत गएराती भएको खेलमा बार्सालाई लेभान्तेले ५-४ ले हराएको हो ।

लिगमा अपराजित रहँदै नयाँ किर्तीमान रच्ने दाउमा रहेको बार्सिलोनाको लक्ष्य पनि यो हारसँगै समाप्त भएको छ । गएरातीको खेलमा बार्सा विरुद्ध लेभान्तेलाई महत्त्वपूर्ण जित दिलाउन ईमानुएल बोटिङले ह्याट्रिक गरेका थिए ।

स्पेनिस ला लिगाको अर्को खेलमा ईस्पानियोलले मालागालाई ४-१ ले हराँउदा रियाल मड्रिडले सेल्टा भिगोलाई ६-० ले पराजित गरेको छ । ला लिगामा एक खेल मात्रै बाँकी छँदा च्याम्पियन बार्सीलोनाको ९० अङ्क पुगेको छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ७८ अङ्क छ भने ७५ अङ्कको साथ रियाल मड्रिड तेस्रो स्थानमा रहेको छ ।

चौथो स्थानको भ्यालेन्सीयाले ७० अङ्कको साथ च्याम्पियन्स लिग छनौट चरणमा स्थान सुरक्षित गरिसकेको छ । यस पटक डेपोर्टीभो लाकोरुना, लास पाल्मास र मालागा रेलिगेशनमा परेका छन् ।

प्रतिक्रिया