अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४४ | Colorodo: 10:59

मुख्यमन्त्री राउतको अभिव्यक्ति र भारतीय सासंद किर्ती आजादको टुइट खेदजनक : ज्ञवाली

बिआरटीनेपाल २०७५ वैशाख ३१ गते ९:३१ मा प्रकाशित

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय जनता पार्टीका सांसद कीर्ति आजादको अभिव्यक्ति निन्दनीय भएको बताएका छन् । आज संसद्मा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति पनि खेदजनक भएको बताएका हुन ।

सोमबारको बैठकमा अरू सांसदहरूले पनि भाजपा सांसद आजादको ट्वीट र मुख्यमन्त्री राउतको अभिव्यक्तिबारे प्रश्न उठाएका थिए । आजादले मोदीको नेपाल भ्रमणका क्रममा जनकपुरलाई भारत फिर्ता ल्याउनुपर्ने ट्वीट गरेका थिए ।

सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भाजपा सांसदको अभिव्यक्ति नेपाल–भारत सम्बन्ध बिगार्ने कुत्सित मनसायबाट लक्षित रहेको भन्दै यसबारे भारत सरकारको ध्यानाकर्षण गराउने बताए ।

संविधानले नै नेपालको परराष्ट्र नीतिलाई निर्दे्शित गरेको भन्दै मन्त्री ज्ञवालीले नेपालको आन्तरिक विषय द्विपक्षीय छलफलको विषय हुन नसक्ने प्रस्ट पारे । परराष्ट्रमन्त्री ज्ञवालीले प्रदेश २ का मुख्यमन्त्रीले भारतीय प्रधानमन्त्रीको भ्रमणका क्रममा दिएको अभिव्यक्ति खेद जनक रहेको बताए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू