अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५८ | Colorodo: 14:13

फुटबलर मणि शाहको निधन

बिआरटीनेपाल २०७५ वैशाख ३१ गते ९:२८ मा प्रकाशित

चर्चित फुटबल खेलाडी मणि शाहको सोमबार साँझ निधन भएको छ । नर्भिक अस्पतालमा उपचाररत उनको मृत्युको अस्पताल स्रोतले  पुष्टि गरेको छ ।

सन् १९९३ को दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्णपदक जित्दाका प्लेमेकर रहेका ५१ वर्षीय शाहको केही वर्षअघि लिभरमा समस्या देखिएको थियो। त्यसैले उनी पटक–पटक उपचारका लागि अस्पताल धाउने गरेका थिए।

मनाङमर्स्याङदी क्लबका पूर्वखेलाडी शाहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि मङ्गलवार दशरथ रङ्गशाला परिसरमा  राखिने एन्फाले जनाएको छ।

राष्ट्रिय टोलीका पूर्व कप्तान शाहको उपचारको सम्पूर्ण खर्च एन्फाले बेहोरिरहेको छ। उनी ‘नेपाली म्याराडोना’को नामले पनि चिनिन्छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू