अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३५ | Colorodo: 12:50

नेपाल अमेरिका साहित्य सङ्गीत प्रतिष्ठानको चौथो श्रृंखला सम्पन्न

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ वैशाख ३० गते २१:५० मा प्रकाशित

नेपाल साहित्य तथा सङ्गीतलाई प्रोत्साहन दिने उद्देश्य अनुरूप गठित नेपाल अमेरिका साहित्य सङ्गीत प्रतिष्ठानले आफ्नो चौथो प्रस्तुतिलाई सम्पन्न गरेको छ । नेपाली सिने जगतका चर्चित व्यक्तित्व वरिष्ठ कलाकार तथा गीतकार मुकुन्द किशोर भट्टराईको आथित्यमा सम्पन्न उक्त कार्यक्रममा श्रीजना र सर्कजको श्रीजना वाचन बाहेक विश्वमा छरिएका सर्जक श्रीजनालाई समेत स्थान दिइएको थियो । 

१०२११ उरा लेन थ्रोन्टनमा भुपेन्द्र महतले सञ्चालन गरेको सो कार्यक्रममा दीपक गौतम र अनित अधिकारीले साङीतिक् प्रस्तुति दिनु भएको थियो भने ज्ञानेन्द्र काफ्ले, रमेश गुरुङ, गौतम सागर राई, दिनेश कुमार कार्की, धन पौड्याल, सरोज भुसाल र भुपेन्द्र महतले साहित्यिक श्रीजना प्रस्तुत गर्नु भएको थियो । 

चर्चित गीतकार सुवास चन्द्र ढुङेल, लक्ष्मी थापा, जनक कार्की, माया मितु, कमला न्यौपाने जस्ता स्रष्टाहरूका मुक्तक कविता र गजलका सेरहरू समावेश गरिएको उक्त कार्यक्रममा समाजसेवी बुद्धि लामिछाने र गोविन्द लम्सालले कार्यक्रमको सफलताको कामना सहित भाषा र साहित्यमा यसले खेलेको भूमिका प्रति सद्भाव राख्नु भएको थियो । 

नेपालमा कक्षा ११ र १२ मा 100/100 पूर्णाङ्क सहितको नेपाली विषय बचाउ अभियान को अपरिहार्यता माथि एकबद्दता जनाइएको उक्त कार्यक्रममा मुकुन्द किशोर भट्टराईको प्रेरणादायी अभिव्यक्तिबाट कार्यक्रमको बिट मारिएको थियो । सबैको समान भूमिका रहने यस प्रतिष्ठानको आगामी श्रृंखला यथा स्थानमा सरोज भुसालले सन्चालन गर्नु हुने भएको छ । 

 

 

प्रतिक्रिया