अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३७ | Colorodo: 00:52

सन्दिपले भने-‘धेरै सिक्ने मौका पाएको छु, म जस्ता खेलाडि नेपालमा अरु पनि छन्

बिआरटीनेपाल २०७५ वैशाख ३० गते २०:१२ मा प्रकाशित

आइपिएलको डेब्यु खेलमा सबैको मन जित्न सफल नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले आइपिएल खेलका क्रममा धेरै सिक्ने मौका पाएको बताएका छन् ।

औपचारिक खेल एउटा मात्रै खेले पनि डेढ महिनाको अवधिमा धेरै कुरा सिकेको उनले बताएका छन् । ‘मलाई लाग्छ यो खाले अवसरले खेल क्षमता बढाउन निकै सहयोग गर्छ । खेल राम्रो हुन धेरै समय क्रिकेटमै व्यस्त हुनुपर्छ ।’ उनले भने ।

क्रिकेट डटकमसँगको कुराकानीमा लामिछानेले नेपालमा आफू जस्तै खेलाडी धेरै रहेको प्रतिक्रिया दिएका छन् ।

‘मैले जसरी आईपीएलमा अवसर पाएर सिकिरहेको छु । मजस्ता प्रतिभा नेपालमा धेरै छन् । यो एउटा सुरुवात हो अब नेपालका अन्य प्रतिभाले पनि अवसर पाउने आशा छ ।’ उनले भनेका छन् । ‘मैले जसरी आईपीएलमा अवसर पाएर सिकिरहेको छु । मजस्ता प्रतिभा नेपालमा धेरै छन् । यो एउटा सुरुवात हो अब नेपालका अन्य प्रतिभाले पनि अवसर पाउने आशा छ ।’

दिल्ली डेयरडेभिल्सबाट ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर १ विकेट लिएका उनको बलिङ टिममा सबैभन्दा राम्रो देखिएको थियो । खेलमा दिल्ली ५ विकेटले पराजित भए पनि सन्दीपले गरेको बलिङ उत्कृष्ट थियो ।

शनिवार दिल्लीका प्रशिक्षक रिकी पोन्टिङले उनलाई क्याप दिएर पहिलोपटक खेल्ने अवसर दिएका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू