अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०३ | Colorodo: 08:18

इन्धन बोक्ने ट्यांकरमा पनि सिन्डिकेट तोडिदैं, अब पम्प सञ्चालकले पनि चलाउन पाउने

कान्तिपुर दैनिक २०७५ वैशाख ३० गते २०:०४ मा प्रकाशित

आयले निगमले सबै पम्प व्यवसायीका लागि ट्याङ्कर सञ्चालन अनुमति दिने तयारी गरेको छ । ढुवानी व्यवसायी महासङ्घ र पेट्रोलियम व्यवसायी एसोसिएसनमा भएको सिन्डिकेट अन्त्य गर्न सबै पम्पका लागि खुला गर्न लागिएको हो ।

‘एसोसिएसनको स्वीकृतिपश्चात् अनुमति जायज छैन,’ निगमका एक अधिकारीले भने, ‘विक्रेता विनियमावली र ढुवानी विनियमावली परिमार्जन गरेर सबै पम्मका लागि खुला गर्छौँ ।’ निगमका अनुसार मुलुकभरि २ हजार ५० वटा ट्याङ्कर सञ्चालनमा छन् । तीमध्ये २५० निजी पम्पका हुन् । बाँकी एसोसिएसनको सिफारिसमा सञ्चालन हुँदै आएका छन् ।

सम्बन्धित सामग्रीहरू