अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२५ | Colorodo: 13:40

नचिनेको व्यक्ति लोग्ने कायम, वरिष्ठ अधिवक्तासमेत अनुसन्धानमा तानिन्दै

नागरिक दैनिक २०७५ वैशाख ३० गते १९:५५ मा प्रकाशित

चिन्दै नचिनेको व्यक्तिलाई लोग्ने कायम गरिदिएको मुद्दामा दाङ जिल्ला अदालतका न्यायाधीश चुरामन खड्कामाथि कारबाही भइरहेका बेला नेपाल बार काउन्सिलबाट एक वरिष्ठ अधिवक्तासमेत अनुसन्धानमा तानिन्दै छन् । सो मुद्धाको विषयमा वरिष्ठ अधिवक्ता लुमबहादुर कार्की सो मुद्दामा तानिएका हुन् । अन्य दुई अधिवक्ताका नाममा समेत उजुरी परेको र अनुसन्धान भइरहेको  छ ।

जिन्दगीभर साथ दिन्छु भनेर बिहे गरेका पतिले पेन्सनपट्टा बनाउने क्रममा सौता ल्याएपछि तिनैलाई सजाय दिलाउन र छोराछोरीको प्राण धान्न कानुनी उपाय खोज्दा बागजुङकी नीरमाया पुनलाई नचिनेका व्यक्ति लोग्ने कायम गरिदिएपछि न्यायाधीश र कानुन व्यवसायी अनुसन्धानको घेरामा परेका हुन्  ।

सम्बन्धित सामग्रीहरू