अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५९ | Colorodo: 02:14

हजुरबुवा बने हरिवंश

बिआरटीनेपाल २०७५ वैशाख ३० गते ९:४६ मा प्रकाशित

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य हजुरबुवा बनेका छन् । उनका जेठो छोरा त्रिलोक आचार्यलाई पुत्र लाभ भएको छ । शनिवार बेलुका हरिवंशले आफ्नो फेसबुक पेजमा नातिको फोटोसहित यसबारे जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘म हजुरबुवा भएको छु । मेरो जेठो छोरा त्रिलोक र बुहारी जोएको पहिलो सन्तान भएको छ ।

त्रिलोककी श्रीमती अमेरिकी नागरिक हुन् । उनीहरूले अमेरिकामै प्रेम विवाह गरेका थिए । लामो समयदेखि अमेरिका बस्दै आएका त्रिलोकले अमेरिकी प्रेमिका जोए लेवस्किसँग २०७३ को असारमा नेपाली परम्परा अनुसार विवाह गरेका थिए । विवाहका लागि हरिवंश, पत्नी रमिला र कान्छा छोरा मोहितसहित अमेरिका पुगेका थिए । 

प्रतिक्रिया