अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१४ | Colorodo: 20:29

सन्दीपकाे पहिलाे डेब्यु: विकेट झारे पनि उनकाे टिम समूह चरणबाटै बाहिरियाे

बिआरटीनेपाल २०७५ वैशाख २९ गते १८:५३ मा प्रकाशित

काठमाडाैं । आईपीएलको डेब्यू खेलमा पहिलाेपटक खेलेका सन्दीप लामिछानेले  दोस्रो ओभरको चौथो बलमा विकेट झार्दै पार्थिव पटेललाई आउट गरे । शनिवार राति भएको खेलमा उनी दिल्ली डेयरडेभिल्सकाे तर्फबाट पहिलो पटक मैदानमा उत्रिएका हुन् । रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध खेलेका लामिछानेले अाइपीएलमा पहिलो डेब्यू गरेका हुन् ।

नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे तापनि उनको टिमले भने जित्न सकेन । बैंग्लोरसँग ५ विकेटले पराजित भएको दिल्ली प्रतियोगिताको समूह चरणबाटै बाहिरियाे । समूह चरणको २ खेल बाँकी रहँदै दिल्ली प्रतियाेगिताबाट बाहिरिएको हाे ।

टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर बैंग्लाेरलार्इ १८१ रनकाे लक्ष्य दिएको थियाे । डेब्यु खेलमा रिसव शर्मा पन्तले ६१ रन तथा अभिषेक शर्माले अविजित ४६ रन बनाए । बैंग्लोर जवाफी ब्याटिङमा उत्रँदा दिल्लीका कप्तान श्रीयस ऐयसले सन्दिपलाई पहिलो ओभरमा नै बल थमाए । १२ अाैं खेलमा अाइपुग्दा मात्र बल्ल मैदान छिर्ने मौका पाएका सन्दिपले पार्थिवलाई ६ रन मात्र बनाउन दिएर विकेट झार्दै ‘एलबीडब्लुु’ धरापमा पारेका हुन् । 

दिल्ली डेयरडेभिल्सबाट यस आइपिएलका लागि २० लाख भारुमा अनुबन्ध भएका सन्दीपलार्इ यसअघि खेलमैदानमा उत्रने माैका दिइएको थिएन । हिजाे शनिवारै नेपाल भ्रमणका क्रममा काठमाडौँमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन्दीपकाे नाम लिँदै प्रशंसा गरेका थिए । नभन्दै उता दिल्लीले उनलार्इ मैदानमा उतार्याे ।

काठमाडाैंस्थित सभागृहमा अभिनन्दन थाप्दै भारतीय प्रम मोदीले आइपिएलले नेपाल र भारतको ‘पिपुल टु पिपुल’ सम्बन्ध अझै निकट भएको बताएका थिए । शनिवार नै दिल्लीका बलिङ प्रशिक्षक जेम्स होप्सले अब सन्दिपलगायतका नव खेलाडीलाई अवसर दिनुपर्ने बताएका थिए ।

प्रतिक्रिया