अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३६ | Colorodo: 00:51

हतियारसहित नेपाल प्रवेश गर्ने तीन भारतीय प्रहरी पक्राउ

बिआरटीनेपाल २०७५ वैशाख २९ गते १४:४४ मा प्रकाशित

कपिलवस्तु, कूटनीतिक नियम मिचेर नेपाल प्रवेश गर्ने भारतीय प्रहरीका सबइन्स्पेक्टरसहित तीन भारतीय प्रहरी शुक्रवार कृष्णनगरमा पक्राउ परे । पक्राउ पर्नेहरुमा भारतको बलरामपुर जिल्ला पचपेडवा थानाका सबइन्स्पेक्टर डिएस चतुर्वेदी, कन्स्टेबल नासिर हुसेन र कन्स्टेबल कोमल रहेको प्रहरीले जनाएको छ ।

उनीहरू कृष्णनगर भन्सार सीमा नाका हुँदै नेपाल प्रवेश गरेका हुन् । शुक्रवार दिउँसो ४ बजे कृष्णनगर बजारबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरूलाई हतियारसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक भगवान् मल्लले बताउनुभयो ।

नेपाली सुरक्षाकर्मीको नियन्त्रणमा रहेका उनीहरूलाई शुक्रवार राति भारतीय प्रहरी अधिकारीको जिम्मामा छाडिएको थियो । भारतीय सुरक्षाकर्मी हतियारसहित कृष्णनगर सीमा नाकाबाट भित्रिँदासमेत सीमा नाकामा खटिएका सुरक्षाकर्मीलाई पत्तो नहुनुले सीमा क्षेत्रको सुरक्षा अवस्था निकै फितलो भएको दर्साएको कृष्णनगरका सर्वसाधारण बताउँछन् ।

Man Wearing Handcuffs

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू