अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०१ | Colorodo: 14:16

राजनीतिको स्वरूप परिवर्तन भयो, बन्द, हडताल गर्नुपर्दैन: काँग्रेस प्रवक्ता शर्मा

बिआरटीनेपाल २०७५ वैशाख २९ गते १४:४० मा प्रकाशित

दमक, नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीतिको स्वरूप परिवर्तन भएको बताउनुभएको छ । उहाँले आफ्ना राजनीतिक माग पूरा गराउन अब सडकमा टायर बाल्ने, कालो झन्डा देखाउनेदेखि नारा जुलुस गरेर बन्द हडताल गर्ने दिनको अन्त्य भएको जिकिर गर्नुभयो ।

झापाको दमकमा बिपी अध्ययन प्रतिष्ठान झापा र युथ नेटवर्कले आज आयोजना गरेको ‘राजनीतिक संस्कार र हाम्रो युवा नेतृत्व’ विषयक अन्तरसंवादमा प्रवक्ता शर्माले अब जनताले अधिकारका लागि आन्दोलित हुनुपर्ने अवस्था सधैँका लागि अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले राजनीतिक संस्कार बिस्तारै परिवर्तनतर्फ उन्मुख भएकाले अब राजनीतिमा युवाको नेतृत्वको खाँचो रहेको बताउनुभयो ।

उहाँले राजनीतिमा युवाको अग्रता, अगुवाइबिना मुलुकले परिवर्तन प्राप्त नसक्ने हुँदा युवाले असल राजनीतिक संस्कारलाई जोड दिनुपर्छ भन्नुभयो । प्रवक्ता शर्माले प्रजातन्त्र, लोकतन्त्र नारा जुलुस गर्न पाउनुमात्र नभएर नागरिकले मौन रूपमा राखेका मागलाई भने राज्यले उचित सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो । अन्तरसंवादमा सहभागी युवाले युवा नेता शर्मासँग विभिन्न जिज्ञासासमेत राख्नुभएको प्रतिष्ठानका जिल्ला अध्यक्ष नवीन ढुंगानाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू