अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४० | Colorodo: 22:55

आफ्नो नेपाल भ्रमण ऐतिहाँसिक भएको मोदीको ट्वीट

बिआरटीनेपाल २०७५ वैशाख २९ गते ५:३३ मा प्रकाशित

काठमाडौँ । दुई दिने नेपाल भ्रमणपछि आज स्वदेश फर्किएका छन् । स्वदेश फर्किनुअघि मोदीले आफ्नो नेपाल भ्रमण ऐतिहाँसिक भएको प्रतिक्रिया दिएका छन् ।

उनले काठमाडौँबाट नयाँ दिल्ली उड्नुअघि आफ्नो ट्वीटरमा यस्तो पोस्ट गरेर भ्रमण ऐतिहाँसिक भएको जनाएका हुन् ।नेपाल बसाइको क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको कुरालाई उनले परिणाममुखीको संज्ञा दिएका छन् । उनले ट्वीटमा थप भनेका छन्,‘मेरो भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ आयाम थपेको छ, न्यानो आतिथ्य प्रदान गरेकोमा नेपालीहरू र नेपाल सरकारप्रति हार्दिक कृतज्ञ छु।’ 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू