अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२२ | Colorodo: 17:37

आइपिएल : चेन्नईमाथि राजस्थानको जित

बिआरटीनेपाल २०७५ वैशाख २९ गते ५:२६ मा प्रकाशित

खेलमा चेन्नई सुपरकिंग्सलाई पराजित गर्दै राजस्थान रोयल्सले ‘प्ले अफ’मा पुग्ने आफ्नो सम्भावनालाई कायम राखेको छ ।

राजस्थानले चेन्नईलाई चार विकेटले पराजित गरेको हो । राजस्थानको जितमा जोस बटलरले अविजित ९५ रनको योगदान गरेका थिए । टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७६ रन बनाएको थियो ।

१७७ रनको लक्ष्य पाएको राजस्थानले अन्तिम बल बाँकी छँदै ६ विकेट गुमाएर जित हासिल गरेको हो । जितसँगै अङ्क तालिकामा राजस्थान छैठौं नम्बरमा पुगेको छ । पराजयका बाबजुद १४ अङ्कका साथ चेन्नई अङ्क तालिकाको दोस्रो नम्बरमा छ ।

प्रतिक्रिया