अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०९ | Colorodo: 03:24

सडक बालबालिकाको विश्वकपमा नेपालको विजयी सुरुवात

बिआरटीनेपाल २०७५ वैशाख २९ गते ५:१९ मा प्रकाशित

रुसको मस्कोमा जारी स्ट्रिट चाइल्ड वल्र्डकप (सडक बालबालिका)को विश्वकप फुटबलमा नेपालले विजयी सुरुआत गरेको छ। प्रतियोगिताको दोस्रो दिन शनिवार नेपालले केन्यालाई २–० गोलले पराजित गरेको हो। नेपालका लागि पवन शाही र सन्तोष खत्रीले गोल गरेका थिए। प्रतियोगितामा १२ मुलुकका टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। सेभेन ए साइडका आधारमा जारी प्रतियोगितामा नेपाल समूह डी मा परेको छ। यस समूहमा नेपाल र केन्यासँगै ताजिकिस्तान पनि छन्।

हरेक समूहका दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन्। यसपछि आजै हुने ताजिकिस्तानबिरुद्धको खेलमा बराबरीको नतिजाले मात्रै नेपाल क्वार्टरफाइनलमा पुर्‍याउनेछ। स्ट्रिट चाइल्ड युनाइटेडको आयोजनामा भएको प्रतियोगितामा नेपालबाट सेल्टर आश्रय नेपालले टिम बनाएर मस्को लगेको हो। नेपाली टिमका सदस्यहरूमा रोशन भुजेल, एरोन कार्की, पवन शाही, सचिन विश्वकर्मा, विशाल वादी, सन्तोष खत्री, मनविर लामा, विकास तिमल्सिना र रमेश शाह तेली छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू