अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१४ | Colorodo: 23:29

नागरिक अभिन्दन गर्ने राष्ट्रिय सभा गृहको कार्यक्रम नेपाली सञ्चारकर्मीव्दारा बहिष्कार

बिआरटीनेपाल २०७५ वैशाख २९ गते ५:०२ मा प्रकाशित

भारतीय प्रधानमन्त्रीलाई नागरिक अभिन्दन गर्ने राष्ट्रिय सभा गृहको कार्यक्रम नेपाली सञ्चारकर्मीले बहिष्कार गरेका छन्।अभिनन्दनस्थल राष्ट्रिय सभागृहमा प्रवेशमा भेदभाव गरेको भन्दै नेपाली सञ्चारकर्मीले कार्यक्रम बहिष्कार गरेका हुन्।

दुई दिने नेपाल भ्रमणमा रहेका मोदी जाने स्थलको प्रेस पास परराष्ट्र मन्त्रालयले यसअघि नै वितरण गरेको थियो। तर सो पासलाई मान्यता नदिई भारतीय सुरक्षा अधिकारीले नेपाली एवं अन्य अन्तर्राष्ट्रिय सञ्चार माध्यमका प्रतिनिधिलाई राष्ट्रिय सभागृह प्रवेशमा रोकटोक गर्न थालेपछि सञ्चारकर्मी विरोधमा उत्रिएका हुन्।

सभागृहमा भित्र प्रवेशमा भेदभाव गरेकाे विराेधमा माेदी आउने सडकमा क्यामेरा ‘डाउन’ गरेर सञ्चारकर्मीले प्रदर्शन गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू