अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५९ | Colorodo: 01:14

नेपाल भारत छिट्टै रेलमार्गमा जोडिने : भारतिय प्रधानमन्त्री

बिआरटीनेपाल २०७५ वैशाख २९ गते ४:५३ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत काठमाडौँ रेलमार्गको डिपिआर सुरु भइसकेको बताएका छन्।नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री मोदीलाई काठमाडौँ महानगरपालिकाले गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले छिट्टै नेपाल भारत रेलमार्गमा जोडिने बताए।

प्रधानमन्त्री मोदीले नेपालले एक वर्षभित्र तीन तहको निर्वाचन सकेर विश्वमै उदाहरणीय काम गरेको बताए । उनले नेपालले बुलेटको बाटो छोडेर बुद्धको बाटो चुनेको भन्दै त्यसको प्रशंसा समेत गरे।

उनले नेपालले सुरु गरेको समृद्धिको आधार सगरमाथाको बेस क्यम्प पुगेको भन्दै उनले त्यसलाई शिखरमा पुर्‍याउन भारतको साथ र सहयोग रहने बताए । ‘सगरमाथा चढ्नका लागि जसरी सेर्पाहरूको साथ  र सहयोग रहने गर्छ त्यसै गरी नेपालको विकासमा भारतले शेर्पाको काम गर्न तयार छ’, उनले भने।

उनले नेपालले आफ्नो आवश्यकता र प्राथमिकताको छनौट आफै गर्नु पर्ने र त्यसमा साथको साथ र सहयोग रहने दोहोर्याए। प्रधानमन्त्री मोदीले आफू अर्को पटक आउँदा लुम्बिनी जाने गरी आउने बताए। उनले पहिलो र दोस्रो पटक आउँदा पशुपतिको मात्र दर्शन गरेको र यो पटक त्यसलाई बिस्तार गरी मुक्तिनाथ र जनकपुर पुगेको  भन्दै अर्को पटक आउँदा समय मिलाएर लुम्बिनी पुग्ने बताए।

आइपिएलमा नेपाली खेलाडी सन्दीप लामिछानेको सहभागिताको प्रसङ्ग उल्लेख गर्दै अन्य खेलमा पनि नेपालले सहभागिता जनाउँदै खेलका माध्यमबाट पनि जनस्तरको सम्बन्ध बिस्तार गर्न आग्रह गरे।

‘भारतमा अहिले आइपिएलको चर्चा छ र नेपाल पनि आइपिएलमा जोडिएको छ’, उनले भने, ‘पहिलो पटक नेपालका एक युवा सन्दीप लामिछाने आइपिएलमा जोडिएका छन्, यसै गरी अन्य खेलमा पनि नेपाल जोडिनुपर्छ।’ 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू