अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५३ | Colorodo: 12:08

पशुपतिनाथ मन्दिर नेपाल र भारतका मानिसको साझा धार्मिक विरासत: भारतिय प्रधानमन्त्री

बिआरटीनेपाल २०७५ वैशाख २९ गते ४:२४ मा प्रकाशित

पशुपतिनाथ मन्दिर नेपाल र भारतका मानिसको साझा धार्मिक विरासतको प्रतीकका रापमा रहेकोभारतिय प्रधानमन्त्री मोदीले बताउनु भएको छ।

नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरमा विशेष पूजा एवं दर्शनपछि पशुपति क्षेत्र विकास कोषमा राखिएको विशेष आगन्तुक पुस्तिका हस्ताक्षर गर्दै नेपाल र भारतका जनताको शान्ति, प्रगति र समृद्धिको कामना गर्नुभयो ।

आगन्तुक पुस्तिकामा उहाँले भारतको सहयोगमा पशुपति क्षेत्रमा निर्माण भइरहेको नेपाल–भारतमैत्री धर्मशालाले श्रद्धालुलाई नयाँ सुविधा पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ ।

आफ्नो यात्राका लागि कोष र सरकारले गरेको व्यवस्थाका लागि भारतीय प्रधानमन्त्री मोदीले धन्यवाद दिनुभएको छ । भारतको प्रधानमन्त्रीका रूपमा दोस्रो पटक पशुपतिनाथ मन्दिरमा प्रार्थना गर्न पाउँदा आफू प्रसन्न रहेको उहाँले आगन्तुक पुस्तिकामा लेख्नुभएको छ ।

भारतीय प्रधानमन्त्री मोदी यसअघि २०७१ साल साउन १८ गते पनि पशुपतिनाथ मन्दिरमा विशेष पूजा एवं दर्शनका लागि आउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू