अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२५ | Colorodo: 19:40

ओलीको उपहारमा सजिएका थिए मोदी

बिआरटीनेपाल २०७५ वैशाख २८ गते २२:५४ मा प्रकाशित

काठमाडौँ – जनकपुरमा प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले लगाएको पोसाक मिल्नुमा संयोग थियो कि आकस्मिकता ?

शुक्रवार दिनभर ओलीको पोसाकको आलोचना भयो, तर कुरा बेग्लै थियो । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

एमाले नेता राजन भट्टराईका अनुसार मोदीले लगाएको पोसाक ओलीले पठाइदिएका थिए । हातले बुनेका दुवै नेताका मैथिली पोसाक काठमाडौँमै सिलाइएका थिए ।

भारतीय दूतावासले मोदीको शरीरको नाप उपलब्ध गराएको थियो । यस्तो प्रचलन अन्त पनि छ । चीनका राष्ट्रपति सी जिनपिङले गुजरात जाँदा लगाएको पोसाक मोदीको उपहार थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू