अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४३ | Colorodo: 08:58

अस्ट्रेलियाको ग्रामीण क्षेत्रमा एक व्यक्तिद्वारा सातको हत्या

बिआरटीनेपाल २०७५ वैशाख २८ गते १६:५८ मा प्रकाशित

अस्ट्रेलिया, पश्चिम अस्ट्रेलिया वाइन क्षेत्रमा अवस्थित मर्जरेट नदी किनारको बस्तीमा शुक्रवार बिहान सबेरै जथाभाबी गोली प्रहार गरी सात व्यक्तिको हत्या गरिएको समाचार छ ।
एक जना व्यक्तिले गोली हानी ती सात जनाको हत्या गरेको समाचारमा जनाइएको छ । मारिने ती सात जना एकै घरका परिवार हुन् या होइनन् भन्ने बारेमा भने केही खुलेको छैन ।

सो गोली प्रहारमा चार बालबालिकासहित सात व्यक्तिको मृत्यु भएको छ । पर्थको दक्षिणतर्फ पर्ने यस इलाकामा भएको डरलाग्दो घटनाको खबर प्रहरीले शुक्रवार बिहान सार्वजनिक गरेको छ ।

पाँच व्यक्तिको शव एकै घरभित्र पाइएको थियो । त्यसै गरी दुई जनाको शव उक्त घरभन्दा केही पर पाइएको थियो । यस घटनाको अनुसन्धान जारी रहेको बताइएको छ ।मारिने ती व्यक्ति एकै घरका हुन् या उक्त बस्तीका विभिन्न घरका भन्ने बारेमा केही खुलाइएको छैन । तर बालबालिका भने एकै घर परिवारका हुनसक्ने अनुमान गरिएको छ । 

यस घटनामा चार बालबालिकासहित सात व्यक्तिको मृ्त्यु भएको पर्थका प्रहरी प्रमुखले पुष्टि गर्नुभएको छ ।  यस गोली प्रहारमा मारिएका बालबालिकाको उमेर पनि खुलाइएको छैन । प्रहरी प्रमुखले सामूहिक गोली प्रहारको पुष्टि गर्नुभएको छ ।

सन् १९९६ मा अस्ट्रेलियाको पोर्ट आर्थुरमा भएको भीषण आमहत्यामा परी ३५ व्यक्तिको मृत्यु भएको थियो । आज भएको सामूहिक हत्यालाई यसपछिको नै भीषण हत्याको रूपमा लिइएको छ । उक्त हत्याकाण्डको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन । यसको उद्देश्य पनि खुलेको छैन । प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ । रासस/एएफपी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू