अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५८ | Colorodo: 06:13

दीक्षितको विचरित पाइलाहरू सार्वजनिक

बिआरटीनेपाल २०७५ वैशाख २८ गते ८:४३ मा प्रकाशित

काठमाडौँ, लेखक इन्दिरा दीक्षितको दोस्रो कृति नियात्रा सङ्ग्रह ‘विचरित पाइलाहरू’ सार्वजनिक भएको छ । समकालीन साहित्य प्रतिष्ठान, बेलायत, सम्पर्क कार्यालय काठमाडौँद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा सो कृतिको वरिष्ठ साहित्यकार मदनमणि दीक्षितले विमोचन गर्नुभएको हो ।

सो अवसरमा साहित्यकार दीक्षितले इन्दिराको नियात्रासंग्रह राम्रो लागेको र आफू पनि पूर्वीय वाङ्मय रुचाउने लेखक भएको बताउनुभयो । कार्यक्रममा समालोचक ज्ञानु अधिकारीले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै लेखिकाले आफ्ना विचार मार्मिकरुपमा पुस्तकमा प्रस्तुत गरेको विचार व्यक्त गर्नुभयो । समीक्षक डा लेखप्रसाद निरौलाले इन्दिराले मसिनामसिना विषयलाई नियात्रामा समेटेकाले कृति राम्रो रहेको धारणा राख्नुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू